मकवानपुरमा पनि बढ्न थाले कोरोना संक्रमित, बागमती प्रदेशमा एकै दिन ११६ जनामा कोरोना

जनपत्र
२९ असार २०७९, बुधबार ०६:१८

हेटौंडा । मकवानपुर जिल्लामा पनि कोराना भाइरसको संक्रमण बढ्न थालेका छन् । रुघाखोकी, ज्वरो, खोकी लागेका बिरामीहरु कोरोना जाँच गराउा जाँदा संक्रमण पुष्टि भएको हो । नेपालभरी कोरोना संक्रमणका बिरामी बढ्न थालेसंगै मकवानपुरमा पनि कोरोना संक्रमित थपिएका हुन् । कोरोना संक्रमित बागमती प्रदेशमा पनि पछील्ला दिनहरुमा कोरोना संक्रमित बिरामी थपीदै गएका छन् । प्रदेशको काठमाण्डौं उपत्यकामा सबै भन्दा धेरै कोरोना संक्रमित देखिएका हुन् ।

बागमती प्रदेशमा एकै दिनमा एक सय १६ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । यस प्रदेशमा एक हजार ७ सय ३६ जनामा कोरोना परिक्षण गरिएकोमा एक सय १६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुरवेदिक चिकित्सक डाक्टर प्रविण भुसालले बताउनुभयो । एक दिनको अवधिमा २४ जनामा कोरोना संक्रमण निको भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*