हेटौंडा–१५ मा सर्बदलिय बैठकबाट वडाको बजेट बाँडफाँड

जनपत्र
२८ असार २०७९, मंगलवार ०७:५०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ ले स्थानीय सर्बदलिय बैठकबाट वडा कार्यालयको बजेट बाँडफाँड गरिएको छ । उपमहानगरपालिकाले वडा कार्यालयको सिलिङ तोकेर पठाएको बजेटलाई सर्बदलिय बैठकबाट बिबीध क्षेत्रमा छुट्याइएको हो ।

उपमहानगरपालिाले वडालाई सिलीङ पठाएको बजेटमा २ करोड १० लाख बजेट सबैदलिय बैठकबाट छुट्याउने काम गरिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बताउनुभयो । सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट पुगोस र बजेटमा सबैको प्रतिनिधित्व होस भनेर आपसी छलफलबाट छुट्याइएको उहाँले बताउनुभयो ।

यहाँको बजेटमा सबै भन्दा धेरै पूर्वाधारका कामलाई जोड दिइएको छ । हेटौंडा–१५ मा सबै टोललाई समेटेर बजेट तयार गरिएको छ । बजेटमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, स्वास्थ्य बिमा लगायतका कामलाई जोड दिइएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*