एकीकृत समाजवादीका मन्त्रीहरु कार्यालय सातामा एक पटक पुग्नैपर्ने

जनपत्र
२७ असार २०७९, सोमबार ०९:००

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु सातामा कम्तिमा एक पटक पुग्नै पर्ने नियम बनाइएको छ । समाजवादी पार्टीले मन्त्रीहरु कार्यालय पुग्नैपर्नेगरी नियम बनाएको छ । जसअनुसार पार्टी उपमहासचिव गंगालाल तुलाधरले मन्त्रीहरुलाई भेट्ने भनेर समयतालिका तय गरेका छन् ।

जसअनुसार पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार कार्यालय जानुपर्नेछ । त्यहाँ नेता कार्यकर्तासँग मन्त्रीले भेटघाटका लागि २ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । सोमबार स्वास्थ्यमन्त्री भवानी खापुङ, मंगलबार श्रममन्त्री शेरबहादुर कुवँर, बुधबारसहरी विकासमन्त्री मटमणि चौधरी र बिहीबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी कार्यालय जानुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*