ब्रोकरहरुले दुई वर्षमा कमिसनबापत कमाए १३ अर्ब ८२ करोड

जनपत्र
२७ असार २०७९, सोमबार ०८:५१

नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । उक्त नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा आउँछ । संशोधित नियमावलीमा सेबोनले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित नियमावलीअनुसार अहिले सञ्चालनमा रहेका ब्रोकरले २ करोड रुपैयाँ रहेको चुक्तापुँजी २ वर्षभित्र १० गुणाले बढाएर २० करोड पुर्याउनुपर्नेछ । पुँजीवृद्धि गरेर २० करोड पुराउँदा ब्रोकरहरु ग्राहकको आदेशअनुरुप धितोपत्र खरिदबिक्रीका लागि योग्य हुनेछन् । ब्रोकरहरु पूर्ण सेवा दिनलाई ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । ६० करोड रुपैयाँ चुक्तापुँजी भएका ब्रोकरले ग्राहकको नामबाट सेयर खरिदबिक्री, मार्जिन कारोबार, लगानी परामर्श सेवाका साथै निक्षेप सदस्यसम्बन्धी काम गर्न योग्य हुनेछन् ।

संशोधित नियमावलीमा स्टक डिलर अर्थात् धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी प्रस्ताव गरिएको छ । १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरहरु आफ्नै नामबाट सेयर खरिदबिक्री, धितोपत्र दलालहरुको काम, धितोपत्र प्रत्याभूतिको कामका साथै योग्य संस्थागत लगानीकर्ताको काम गर्न पनि योग्य हुनेछन् ।नेपालमा अहिले ५० वटा ब्रोकर सञ्चालनमा छन् । ती ब्रोकरहरुले दुई वर्षको अवधिमा मात्रै कमिसनबापत १३ अर्ब ८२ करोड रुपैयाँ कमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*