रत्ननगरको बेल्सी पुलमा झुन्डिएको अवस्थामा भेटियो पुरुषको शव

जनपत्र
२७ असार २०७९, सोमबार ०८:५०

पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरूष अन्दाजी ५० वर्षका छन् । उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*