शून्य लागतमा मलेशियाले माग्यो भारी संख्या नेपाली कामदार, मासिक तलब कति ?

जनपत्र
२६ असार २०७९, आईतवार ०९:२७

शून्य लागतमा मलेशियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । मलेशियाको जोहोर सहरमा रहेको ब्लुबेरी ईन्डस्ट्रीज एस। डिएन। पिएचडी कम्पनीले २०० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४२ हजार बढि पाउनेछ । इच्छुक कामदारले टाइटानिक म्यानपावर सप्लायर प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च निशुल्क हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*