बुढीगंगा : मतगणना अन्तिम चरणमा, मेयर–उपमेयरमा एमालेको अग्रता कायमै

जनपत्र
२६ असार २०७९, आईतवार ०९:२६

स्थानीय निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।

मेयर उपमेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ हजार ४१९ मतगणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। खाती ७८० मतान्तरले पछाडि छन्।

यस्तै, उपमेयरमा नेकपा एमालेकै मायाकुमारी खडका ९कुँवर० ले ३ हजार ७ ५३ मतसहित अग्रता कायम राखेकी छन्।उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मत प्राप्त गरेकी छन्। उपमेयरामा ६०० मतको अन्तर छ।

१० वडा रहेको बुढीगंगाको ८ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये मतगणना सम्पन्न भएका वडा नम्बर १, २, ३, ९ र १० मा एमाले विजयी भएको छ। यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ। अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*