चट्याङले रुपन्देही र दाङमा छ जनाको मृत्यु

रुपन्देही र दाङमा मंगलबार चट्याङ लागेर छ जनाको ज्यान गएको छ। रुपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको मृत्यु भएको हो। मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका-७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका-२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका-७ का ६२ वर्षीय चन्द्रबहादुर विक छन्।
चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुई जनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ वर्षीया ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
यता दाङमा पनि चट्याङ लागेर तीन जना बालकको मृत्युु भएको छ। मंगलबार बेलुकी ६:२५ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका-३ मौरीघाटका साजन चौधरी (१३), रमित चौधरी (११), विनाश चौधरी (११)को मृत्युु भएको दाङ प्रहरीले जनाएको छ