काठमाण्डाैका विभिन्न ठाउँ जलमग्न

जनपत्र
२४ असार २०७९, शुक्रबार १७:३४

काठमाण्डाै – आज शुक्रवार दिउँसो परेको पानीका कारण काठमाण्डौको विभिन्न ठाउँ जलमग्न भएका छन् । नक्साल, भाटभटेनी आसपासको क्षेत्रमा गाडी नै चलाउन समस्या भएको छ । पैदलयात्रीलाई हिँडडुल गर्न पनि सास्ती भएकाे छ ।

काठमाण्डाै उपत्यकाका विभिन्न भित्री सडकमा भएका खाल्डाखुल्डी र पानी निकास हुने ठाउँ नभएकाले मध्यम खालको पानी पर्दा पनि उपत्यका जलमग्न हुने गरेको छ ।

आज दिउँसो काठमाण्डौ उपत्यकामा सामान्यदेखि मध्यम खालको पानी परेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ ।

बर्खाको समयमा जमिन भिजिरहने भएकाले सामान्य पानी पर्दासमेत बाढी र पहिरोको जोखिम हुने भएकाले भिरालो जमिन तथा नदी तटीय क्षेत्रमा बस्नेहरूलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज राति प्रदेश १ र मधेस प्रदेशका एक वा दुई ठाउँका साथै बाँकी प्रदेशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*