पशुपालन मात्र होइन, दाना उद्योग समेत सञ्चालन गरेर रोजगारी दिनेहरुलाई प्रदेश सरकारको सहयोग

जनपत्र
२३ असार २०७९, बिहीबार २१:०६

हेटौंडा । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ६ केसरबाघमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमीटेडले सञ्चालन गरेको गाइ फाममा पुग्दा सहकारीको आफ्नै दाना उद्योग, निर्देशनालयको लगानी र सहकारी आफ्नै लगानीमा दाना उद्योग स्थापना गरेर मजदुरलार्ई रोजगारी दिइएको छ ।

यस गाइ फार्ममा पहिले एक सय वठा माउ गाइ भएपनि अहिले भने ६० वटा मात्र माउ गाई छन् । दैनिक चार सय लिटर दुध उत्पादन हुँदै आएको छ । यहाँको एक बिगाहा जग्गामा गाई पालन गरिएको छ । पहिले दैनिक नौ सय लिटर दुध आफ्नै गाई फामबाट बिक्री गर्दै आएको यस सहकारी संस्थाले अहिले भने दुध बिक्री आधा भन्दा धेरै घटेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋसीराम चापागाई वताउनुहुन्छ । बितेको वर्ष देखि देखापरेको कोरोना भाइरसका कारण गाइपालनमा थप समस्या भएपछी गाइको सख्या बृद्धी गर्नुको सट्टा सहकारीले गाई पालनमा कमी ल्याएको छ । यहाँको गाई फाममा मात्र पाँच जनाले रोजगारी पाएका छन् ।
सहकारीले गाइ पालनको काम संगै व्यावसायीक रुपमा दाना उद्योग र दुग्ध जन्य पदार्थ उत्पादन गर्ने उद्योग पनि सञ्चालन गरेको छ । सहकारीको फाममा गाइ पालनबाट उत्पादन भएको दुध आफ्नै उद्योगमा लगेर दही, बटर, फ्रेस मिल्क तयार गरेर बिक्री पनि गरिदै आएको सहकारीका संचालकहरु वताउँछन् । यस सहकारीले हाल सम्म २२ करोड रुपैयाँ लगानी गरेर काम गरेको छ । यो सहकारीमा ६ सय ५० जना किसान आवद्ध छन् । ४ सय जना शेयर सदस्य रहेको र व्यावसायीक रुपमा हरेक काम गर्दै आएको सहकारीका अध्यक्ष चापागाई वताउनुहुन्छ ।

सहकारीको आफ्नै दाना उद्योग बितेको आर्थिक वर्षमा निर्माण गरेको छ । दाना उद्योगका लागि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाले दुइ वर्ष अगाडी ९९ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । त्यसमा अरु दुइ करोड रुपैयाँ सहकारीले लगानी गरेर दाना उद्योग खोलेर सञ्चालन गरेको उहाँले वताउनुभयो । दाना उद्योगले उत्पादन गरेको दाना आफ्नो गाए फामका साथै आफ्ना सदस्य र अन्यत्र क्षेत्रमा समेत बिmक्री गरिदै आएको छ ।

दाना उद्योगमा सात जना श्रमिकले रोजगारी पाएका छन् । दाना, फार्ममा उत्पादीत दुध बिक्रीका लागि ट्रक, ट्याक्टर लगाएतका सवारीका साधन पनि आफ्नै रहेका छन् । यता दुग्ध जन्य पदार्थ उत्पादन गर्ने उद्योगमा पनि श्रमिकले रोजगारी पाएका छन् । यस सहकारी प्रदेशमै नमुना सहकारी संस्था हो । यो सहकारीबाट काम गर्नका लागि हेर्ने र भ्रमण गरेर सिक्नका लागि आउने समेत गरेका छन् । तर, कमै मात्रले कार्यान्वयन भने गरेका छन् ।

कोरोना संक्रमणका कारण बिगत दुइ महिना देखि सहकारीको गाइ फामबाट उत्पादन भएको दुध बिक्रीमा समस्या भएको उहाँले वताउनुभयो । सहकारीले उत्पादन गरेको दुध र किसानबाट संकलन गरेको दुध तीन सय वटा स्टल मार्फत बिक्री गर्दै आएको थियो । कोरोनाको संक्रमण फैलिएसंगै स्टलबाट बिक्री रोकिएको हो ।
सहकारीले दुग्ध बितरण आयोजनामा दुध बिक्री गर्दै आएपनि भुक्तानीमा निकै ढिला हुँदा किसान मारमा पर्दै आएका छन् । एक महिना, दुइ महिना सम्म दुधमा भुक्तानी रोकिदा थप समस्या भएको किसानहरु वताउँछन् । दुध बिक्री भएपनि भुक्तानीमा हुनेगरेको सधैको समस्या समाधान गर्नुपर्ने किसानको सुझाब छ ।

गाई, भैसी र बाख्रा पालन गर्ने किसानले लाखौ रुपैया लगानी गर्ने गरेका छन् । यो लगानी जोखिममा पनि छ । पशु र चौपायामा बिभीन्न खालका रोग लागेर किसान चिन्तीत समेत छन् । अहिले किसानले पालेको बिभीन्न जातका गाइमा खोरेत रोग लागेको छ । लम्की भन्ने रोगले पनि सताएको किसानहरु वताउँछन् । भ्यागुते रोग पनि देखा परेको छ । बाख्रामा पनि बिभीन्न जातका रोगहरु देखा पर्नेगरेका छन् ।

पशुपालनमा देखिने खोरेत रोग लाग्दा उच्च ज्वरो एक सय ४ देखि एक सय ६ डिग्री सम्म आउँने वताउँदै पछुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी डाक्टर बब्लु ठाकुर भन्नुहुन्छ–पशु बिस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ, मुख वरीपरी बिशेषगरी गिजा र जिब्रोमा ससाना फोकाहरु आउँछन् । यससंगसंगै खुट्टाको खुरको कापमा पनि फोकाहरु आउँछन् र पशु खोच्याएर हिड्छ । र पछी लंगडो हुन्छ । मुख वरीपरी घाउ आउने भएको कारण रयाल चुवाउँछ ।

यस रोगले ठुला माउहरु भन्दा पाठा पाठीलाई बढी असर पुर्याउछ । कहिलेकाँकी खोरेत रोगका कारण थुनेलोको समस्या पनि देखिन्छ । व्याउने माउहरुमा गर्भ तुहिने समस्या देखिन सक्छ ।’

यो रोगहरु लागेमा पशुको मुखकोे घाउलाई एक प्रतिशतको पोटास पानिले सफा गरिने वा फिटकीरी पानीले सफा गर्नुपर्ने उहाँको सुझाब छ । पशुको खुरका घाउलाई पोटास धोएर हिमैक्स वा लोरेकजेन मलम लगाउनुपर्छ वा दुइ प्रतिशत निलो तुथोले घाउ सफा गरिन सकिन्ने उहाँ वताउनुहुन्छ । खुट्टाको घाउमा थुनेल प्रयोग गर्न पनि सकिन्छ । घाउहरुमा अन्य जिवाणु प्रवेसगरी संक्रमण नगरुन भन्नको लागि पशुलाई एन्वायोटिक सुइ लगाउन सकिन्छ । खोरेत देखिरहने ठाउँमा रोकथामको खोरेत बिरुद्धको खोप लगाउनुपर्छ । ६ महिनाको उमेर पुगेपछी पहिलोपटक खोप लगाउनुपर्छ र प्रत्यक वर्ष दोहोरर्याउनुपर्ने ठाकुरको सुझाब छ ।

गाई, भैसीमा थुुनेलो रोगमा धेरै कारणले हुन सक्छ । यो गोठ, पशु र दुध दुने मानिसको सरसफाइको कमिले गर्दा बिभीन्न जिवाणु र विषाणुहरु ढुसी, एक कोषीय परजिवी, प्रोटोजोआ, कल्चौडो र शरिर भित्र प्रवेश गरेर यो रोग लाग्ने निर्देशनालयका निमित्त निर्देशक डाक्टर रामप्रकास प्रधान वताउनुहुन्छ । यो रोग लागेमा पशुमा अचानक थुन र कल्चौडो सुनिने, कडा रातो र छाम्दा दुग्ने हुन्छ । दुध बिग्रने, पातलो पानी जस्तो आउने, छोक्राहरु आउने र कहिलेकाकी पुरै दुध नआउने हुन सक्छ ।

दुध दोइसकेपछी एन्टीसेप्टीक जस्तै आयोडिन मिसाएको झोलमा थुनलाई केहीबेर डुवाउने गर्नुपर्छ । गोठ, पशु र दुध दुहुने मानिसको र भाडोको सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । संका लागेमा भेटीनरी अस्पताल अथवा पशुसेवा बिज्ञ केन्द्र वा पशु राग अन्वेशण प्रयोगशालामा दुध जचाउनुपर्छ । थुनेलोको लक्षण देखिएमा कृषकले पहिला नबिग्रीएको थुनबाट दुध दुने र त्यसपछी मात्र बिग्रिएको थुनको दुने र बिग्रिएको थुनको दुधलाई खाडलमा अन्यत्र लसपस नहुनेगरी गाड्ने गर्नुपर्छ । बिग्रिएको थुनबाट पटक पटक दुध दौएर फ्याक्ने गर्नुपर्छ । अबिलम्ब प्राबिधिकलाई बोलाएर उपचार गराउने । जथाभाबि औषधीको प्रयोगले थुनेलो झन जटिल बन्न सक्ने उहाँको सुझाब छ ।

पशुमा जस्तै भेडा बाख्रामा पनि धेरे खालका रोग देखिन्छन् । त्यस मध्यमा पीपीआर रोग प्रमुख हो । यसमा एक सय ६ डिग्री देखि एक सय आठ डिग्री फरेनहाइट सम्म ज्वरो आउने प्रधान वताउनुहुन्छ । घास, पानी खान छोड्छ र आखा राता देखिन्ने लक्षण हुन्छ । गिजा र जिब्रोबाट घाउ आउन सुरु गर्छ । र बिस्तारै मुखतिर फैलन पनि सक्छ । छेरौटी लाग्ने पनि रोग देखिन्छ । आखाबाट चिप्रा आउने र नाकबाट बाक्लो पहेलो सिगान बग्ने लक्षण देखिन्छ । खोकी रहन्छ । बाख्रालाई पीपीआर मुक्त बनाउन खोप लगाउनुपर्छ । सुरुमा तीन महिनाको उमेर पुगेपछी पहिलो पटक खोप लगाउने र वर्षै पिच्छे दोहोर्याउने गर्नुपर्ने उहाँले किसानलाई सुझाब दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*