बागमती प्रदेशका किसानले ध्यान दिनै पर्ने कुराः अहिले भइरहेको दुध उत्पादन कसरी बृद्धी गर्न सकिन्छ त ?

जनपत्र
२३ असार २०७९, बिहीबार २०:४८

हेटौंडा । घाँस खेतीमा आधारित भएर पशुपालन गरियो भने मात्र त्यसले दुधको उत्पादकत्व वृद्धि गर्दछ । त्यसैले पशुपालनमा लाग्नुभएका किसानहरुले सकेसम्म बर्षैभरि हरियो घाँसको उपलब्धता सुनिश्चित गर्नु जरुरी छ । जसका लागि उन्नत जातका हिउँदे, बर्षे र बहुबर्षे घाँसेबालीलाई प्राथमिकता दिनुपर्छ ।

स्वच्छ र स्वस्थ दुध उत्पादनका लागि पशु स्वास्थ्यमा ध्यान दिनु उत्तिकै जरुरी छ । संक्रामक रोगहरु र परजीविबाट पशुजन्य उत्पादनमा असर परिरहेको हुन्छ । नेपालमा विशेषगरी थुनेलो रोग, पटके रोग, क्षयरोग, भ्यागुते रोग, ब्रुसेलोसिस रोग, खोरेत, नाम्ले जुगा, चरचरे जस्ता रोगहरुले पशुलाई दुःख दिनेगरेको छ ।

पशुमा लाग्ने केहि रोगहरु मानिसमा पनि सर्ने भएकाले जनस्वास्थ्यमा पनि खतरा रहन्छ । त्यसैले उपयुक्त समयमैं रोगको पहिचान गरि उपचार गर्नुपर्छ । किसानहरुले सकेसम्म रोग लाग्नै नदिन पशुचिकित्सकसँगको सल्लाह बमोजिमको उपाय अबलम्बन गर्नुपर्छ ।

वच्छ र सफा दूध उत्पादनका लागि अर्को महत्वपुर्ण पक्ष भनेको सरसफाई हो । रोगी र सरसफाइमा ध्यान नदिइएका पशुबाट उत्पादित दूध तथा दुग्द्यजन्य पदार्थ स्वस्थ्यका लागि राम्रो मानिदैन । स्वस्थ दुध उत्पादनका लागि पशु स्वास्थ्यको ख्याल गर्नुपर्छनैं पशुको शरिरको बाहिरि भागको पनि सरसफाई उत्तिकै महत्वपुर्ण छ ।

दुध दुहुनु अगाडी पशुको शरिरमा भएको गोबर तथा फोहरहरु पानि र ब्रशले सफा गर्नुपर्छ । खासगरि पशुको पछिल्लो भाग राम्रोसँग सफा गर्नुपर्ने पशु बिज्ञहरु वताउँछन् । सरसफाईमा ध्यान दिन सकियो भने पशुबाट स्वस्थ उत्पादन लिन सकिन्छ । साथै रोगव्याधी समेत नियन्त्रणमा आउने मकवानपुरगढीका किसान नारायण प्रसाद तिमल्सिनाको अनुभव छ । पशुपालन व्यवसायलाई थप व्यवसायिक बनाउन र उत्पादन लागत घटाउन यान्त्रिकरण र प्रविधिमैत्रीमा जानुपर्ने अत्यन्त जरुरी छ । दुध दुहुन तथा घाँस काट्न मेशिनको प्रयोग गरि उत्पादन लागत घटाउन सकिन्छ ।

नेपाल सरकारको गएको बर्षको तथ्यांक अनुसार नेपालमा दुधालु गाई १० लाख ७८ हजार ७ सय ७५ र दुधालु भैंसी १५ लाख ६० हजार ५ सय ८४ छन् । जसमध्य बागमती प्रदेशमा दुधालु गाई १ लाख ५८ हजार ६ सय १० र दुधालु भैंसी २ लाख ६६ हजार ४ सय ९४ छन् । बागमती प्रदेशमा गाईको दुध १ लाख २८ हजार ३ सय ८० मेट्रिक टन र भैंसीको दुध २ लाख ६९ हजार ५ सय ९४ मेट्रिक टन गरि जम्मा ३ लाख ९७ हजार ९ सय ७४ मेट्रिक टन दुध उत्पादन भएको छ ।

दुधमा हाम्रो शरिरले सजिलोसँग पचाउन सकिने केजिन प्रोटिन पाइन्छ । यो प्रोटिनले हाम्रो शरिरको कोष बृद्धिविकास गर्न, रोगसँग लड्ने क्षमता बढाउन उपयोगि हुन्छ । दुधमा पाइने क्याल्सीयम र फस्फोरसले हड्डीको बृद्धिविकासमा सहयोग पु¥याउँछ । आइरनले हेमोग्लोविनको अर्थात शरिरको विभिन्न भागमा अक्सिजन पु¥याउने काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ । त्यसैले दुध मानवीय स्वास्थ्यको लागि अत्यन्त उपयोगी पदार्थ हो ।


नेपालमा अहिले कुखुराको मासुमा कुल उत्पादन हे¥यौं भने ६२ हजार ८ सय ९९ मेट्रिक टन कुल उत्पादन रहेको छ । बागमती प्रदेशको २८ हजार ८५ मेट्रिक टन उत्पादन देखिन्छ । यो बागमती प्रदेशलाई कुखुराको हबको रुपमा जस्तै चितवन, काभ्रे, मकवानपुर यो कुखुराको निकै राम्रो पालन भएको जिल्लाको रुपमा चिनिन आएको छ । नेपालको समग्र प्रतिशतमा ४४ दशमलब ६५ प्रतिशत यो बागमती प्रदेशले अन्य पशुपन्छीको तुलनामा यो कुखुरा व्यवसायमा बागमती प्रदेश निकै अग्रणी भुमिका निर्वाह गरेको छ ।

नेपालमा हाल बाख्राको संख्या १ करोड २२ लाख ८३ हजार छ । बागमती प्रदेशमा २१ लख १८ हजार छ । बाख्राको कुल संख्याको १७ दशमलब २५ प्रतिशत मात्र बागमतीमा छ । नेपालमा ७३ हजार ९ सय १४ मेट्रिक टन बाख्राको मासुको उत्पादन हुन्छ भने बागमती प्रदेशमा ११ हजार ९ सय ९६ मेट्रिक टन उत्पादन रहेको छ । बागमतीले कुल बाख्राको मासुमा १६ दशमलब २३ प्रतिशत योगदान गरेको निर्देशनालयका डाक्टर बब्लु ठाकुर वताउनुहन्छ ।

मेन फोकस यो कार्यक्रमको दुध फुल र मासुमा हाम्रो बागमती प्रदेशलाई आत्मनिर्भर गराउने रहेको वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘हामीले आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रबद्र्धन गर्ने । हामीलाई उपलब्ध भएको मासुलाई हामीले उपयोग गरेर हामीलाई बढी भएको मासु हामीले निर्यात गर्ने हाम्रो प्रदेशको मुख्य उद्देश्य हो ।

यहि उद्देश्यलाई हामीले आत्मसाथ गरेर हरेक बर्ष यस्ता कार्यक्रमहरु हरेक बर्ष यस्ता कार्यक्रमहरु हामी गरिरहन्छौं । गत बर्षको कार्यक्रम एकदमै राम्रोसँग सम्पन्न भएको हो । हामीले पायौं । र उत्साहजनक रुपमा कृषकहरुले काम गरेको पनि पायौं । मलाई लाग्छ यहि हिसाबले हामीले कार्यक्रम ग¥यौं भने करिब २–४ बर्षमा हाम्रो बागमती प्रदेश दुध फुल मासुमा सबै क्षेत्रमा आत्मनिर्भर हुन्छ भन्ने विश्वास लिएको छु ।’

माछाको बढ्दो बजारका कारण बागमती प्रदेश माछा उत्पादनका लागि प्रचुर सम्भावना भएको प्रदेश हो । स्वास्थ्यका हिसाबले माछा निकै फाइदाजनक भएकोले पछिल्लो समय माछाको उपभोग बढ्दै गएको छ । रामेछाप, सिन्धुली, रसुवा, नुवाकोट, मकवानपुर र धादिङमा माछा पालनका लागि विशेष लगानी गरेको छ । ५ करोड ८४ लाख ८३ हजार मेट्रिक टन माछा देशभरमा उत्पादन हुन्छ भने बागमती प्रदेशमा ३२ लाख २१ हजार मेट्रिक टन माछाको उत्पादन छ । ५ दशमलब ५१ प्रतिशत मात्रै बागमती प्रदेशको योगदान छ । त्यसैले माछा उत्पादन वृद्धिमा निर्देशनालयले जोड दिएको छ भने विदेशबाट आयातित अस्वस्थकर माछा प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ ।
आयातलाई प्रतिस्थापन गर्ने, निर्यातलाई प्रबद्र्धन गर्ने हाम्रो मुख्य लक्ष्य रहेको वताउँदै उहाँ भन्नुहुन्छ–‘ बर्षैैपिच्छे हामीले माछापालन सम्बन्धि कार्यक्रमहरु गार्छौं । माछा पालन सम्बन्धि हामी टे«निङहरु दिन्छौं । माछा पालन सम्बन्धि नयाँ प्रविधि आएको हामी किसानलाई जानकारी गराउँछौं । यसलाई व्यापक रुपमा बागमती प्रदेश भरिनैं माछा पालन गर्ने एउटा माछामय वातावरण बनाउने भन्ने हाम्रो सपना छ । हाम्रो इच्छा छ । र हाम्रो प्रदेश सरकारको पनि यहि चाहना छ ।’

दुध, माछा, मासु, अण्डा हाम्रो स्वास्थ्यका लागि महत्वपुर्ण छ । हाम्रो शरिरलाई आवश्यक पर्ने प्रोटिन यसबाट हामीले पाउन सक्छौं । बागमती प्रदेश सरकारले माछा, मासु, दुध, अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाएको छ । अनुदान कार्यक्रमलाई व्यवस्थित गर्न र सबै किसान लाभान्वित हुने किसिमले बागमती प्रदेश सरकारले व्याजमा अनुदान कार्यक्रम सुरु गरेको छ ।

गरिब र धितो राख्न नसक्ने किसानहरुका लागि वडा कार्यालयको सिफारिसमा साना किसान बैंक मार्फत ५ लाख रुपैंया सम्मको लागि व्याजमा अनुदान दिने गरेको छ । ५ लाखभन्दा माथि १० लाख सम्मको लागि ३ प्रतिशत व्याजमा कृषि विकास बैंक मार्फत ऋण उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*