मकवानपुरमा स्थानीय तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न सकिने

जनपत्र
२३ असार २०७९, बिहीबार १८:५७

हेटौंडा — मकवानपुरका १० वटै स्थानीय तहबाटै विद्युतीय पासपोर्ट ९ई(पासपोर्ट० र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने भएको छ । मकवानपुरका सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले पालिकाबाटै फाराम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालयमा ई(पासपोर्टका लागि अनलाइन फारम भर्नेको भिडभाड बढेको र साइबरहरूले मनपरि ढंगले रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहहरूको सहयोग र समन्वयमा स्थानीय तहमै ई(पासपोर्टका लागि निस्शुल्क रुपमा अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको प्रजिअ पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

शुक्रबारबाटै जिल्लाको १० वटै स्थानीय तहबाट निस्शुल्क रुपमा ई(पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । इन्टरनेटको पहुँच भएकाहरूले घरबाटै फाराम भर्न सकिने भएको हो ।

प्रजिअ पाण्डेले भने, ‘आफ्नै स्थानीय तहमा निस्शुल्क रुपमा अनलाइन फाराम भर्न सकिन्छ ।’ उनले मंगलबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बैठक बसेर स्थानीय तहबाटै ई(पासपोर्टका लागि अनलाइन फाराम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनका लागि वातावरण मिलाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*