हेटौंडामा नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम समापनः संसदले कानून निर्माण गर्ने हो–सभामुख श्रेष्ठ

जनपत्र
२३ असार २०७९, बिहीबार १५:२४

हेटौंडा । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा हेटौंडामा सञ्चालन भएको पाँच दिने नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रमको आज समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले संसदको काम भनेको कानून निर्माण गर्ने बताउनुभयो ।

अहिले संसदहरु कानून निर्माण भन्दा पनि आफ्ना क्षेत्रमा कसरी धेरै बजेट पार्ने र विकास निर्माणका काम गरेर देखाउने भन्ने अभियानमा लागेको बताउनुभयो । यस्ता कार्यक्रमले गर्दा संसदको अभ्यास हुँदै जाने बताउनुभयो । कुर्सीमा बसीसकेपछी जिम्मेवारी बहन गरेर काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।

पाँच दिन सम्मको बसाइका क्रममा युवाहरुले धेरै कुरा सिकेकोमा उहाँले विस्वास व्यक्त गर्नुभयो । हरेक कुरा सिक्दै्र जानुपर्ने र अभ्यासबाटनै सिकिने सभामुख श्रेष्ठले बताउनुभयो । देशका युवा सक्तीहरुलाई परिवर्तनको क्षेत्रमा लाग्नका लागि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले यो संसदको अभ्यास गर्ने अबसर भएकाले यसमा युवाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । स्थानीय तहमा सरकार र प्रतिपक्ष मात्र नभएर एक भएर काम गर्ने अभ्यास गर्दै आएको उहाँले बताउनुभयो । गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठकले युवाहरुलाई समेटेर यस्ता कार्यक्रम गर्नु अत्यन्त् महत्वपूर्ण काम भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले पाँच दिनको तालिमपछी युवाहरुले ठ्याक्कै संसदको अभ्यास गरेर देखाएको बताउनुभयो । प्रदेशका पालिकाहरु युवा मैत्री बनाउनका लागि लाग्न पनि उहाँले आग्रह गर्नुभयो । स्थानीय तहमा युवा नीति बन्नु अहिलेको आवस्यक्ता रहेको बताउनुभयो ।

पाटी जे भएपनि युवाका मुद्धाहरु आउँदा सबै एक हुनुपर्ने उहाँले बताउनुभयो । प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीको आतिथ्यता रहेको थियो ।

पाँच दिनको तालिमपछी प्रदेशसभामा गरिने संसदको सबै अभ्यास युवाहरुले गरेर देखाएका थिए । संसदमा सरकार पक्ष, प्रतिपक्ष, मन्त्री, सभामुख, प्रदेशसभाका सदस्यहरु लगायतकाले बोल्ने र अभ्यास पनि उही गरिएको थियो । बागमती प्रदेशका बिभीन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागितामा नमुना प्रदेश युवा सभा गरिएको हो । कार्यक्रममा सहभागि युवाहरुले संसदका सबै अभ्यास गरेका हुन् । कार्यक्रममा सहभागिहरुलाई सभामुख श्रेष्ठ लगायतका अतिथिहरुले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*