कतारमा कोरोना सङ्क्रमण रोक्न कडाइ : व्यावसायिक क्षेत्रमा अनिवार्य मास्क

जनपत्र
२३ असार २०७९, बिहीबार १३:३४

unn.prixa.net

पछिल्लो समय कतारमा कोरोना बढ्न थालेको भन्दै त्यहाँको सरकारले संक्रमण नियन्त्रण गर्न मापदण्डमा कडाइ गरेको छ ।

आजदेखि लागु हुने गरि व्यावसायिक क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरेको छ । शपिङ मल, रेस्टुरेन्ट, होलसेल मार्केट, शैलुन, जिम, मनोरञ्जन क्षेत्र, प्रदर्शनी क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरेको हो ।

योसँगै कतार सरकारको इटेराज मोबाइल एप्लिकेशनमा आफ्नो स्वास्थ्य अवस्था रुजु गर्नुपर्ने छ । रेस्टुरेन्ट तथा होटेलभित्र टेबुलमा बसिरहेको बेला बाहेक मास्क अनिवार्य लगाउनुपर्ने छ ।

त्यहाँको उद्योग तथा वाणिज्य मन्त्रालयले सरकारका निर्देशनको पालना गर्न सबै व्यावसायिक क्षेत्रहरुलाई निर्देशन दिएको छ । मापदण्डको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने भन्दै मन्त्रालयले चेतावनीसमेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*