डाेटी : सेती नदीमा बेपत्ता भएका पुरुष अझै भेटिएनन्

जनपत्र
२३ असार २०७९, बिहीबार १२:१४

डोटी – डोटीको शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । हिजाे दिउँसो डडेलधुराबाट मलामी आएका अमरगढी नगरपालिका–६ छचोडाका  अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार सेती नदीमा बेपत्ता हुनुभएकाे थियाे ।

ताम्राकार नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताउनुभयो।

वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको उहाँले बताउनु भयाे । सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उहाँसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बग्नुभएकाे थियाे ।

विनोद ताम्राकार करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला पर्नुभएकाे थियाे । वीरेन्द्र भने अहिलेसम्म फेला नपर्नु भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*