सर्‍यो जसपा केन्द्रीय समिति बैठक

जनपत्र
२२ असार २०७९, बुधबार ०८:१६

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक सारेको छ । यसअघि २८/२९ मा वीरगञ्जमा बैठक तय भएकोमा मुस्लिम समुदायको चाड वकर(ईद परेकाले २९/३० मा सारिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक वीरगञ्जमै हुनेछ ।

जसपा अहिले आन्तरिक कलहमा छ । अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम भट्टराई पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएसँगै यादवले मन्त्री हेरफेर गरिसकेका छन् । पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी थप रणनीति बनाउन भट्टराईले पनि समानान्तर बैठक डाकिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*