ठेकेदार बेपत्ता भएपछि खोला नियन्त्रण अलपत्र, रातभर जागै बस्छन् मकवानपुरको थाहा नगरवासी

जनपत्र
२१ असार २०७९, मंगलवार ०७:१०

थाहा नगर/ दुई वर्षअघिको वर्षामा मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको खेतियोग्य जग्गा र लाखौँको उत्पादित तरकारी बाढीसँगै बग्यो । आफ्नै तरकारी खोलामा बगेको देखेका थाहा–२ फाँटबजारका रमेश बस्नेत अहिले पनि बिहानदेखि बेलुकासम्मै खोला हेर्न गइरहन्छन् । खोलामा पानीको बहाव बढेसँगै बस्नेतलाई घरदेखि खेत डुबाउने र कटान गर्ला भन्ने त्रास छ ।

मनसुन सुरु भएसँगै बाढीको त्रासमा रहेका बस्नेत थाहा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा भेटिए । बस्नेतसँगै सविना गिरी, अर्जुन कार्की, केशव कार्कीलगायत एक दर्जन स्थानीय मेयरको पर्खाइमा थिए । उनीहरू केही माग्न हैन, बेपत्ता ठेकेदार खोजिदिन मेयरकोमा पुगेका थिए । नदी नियन्त्रणको काम लिएर कामै नगरी बेपत्ता भएको ठेकेदार कम्पनी बारे न स्थानीयलाई थाहा छ, न नगरपालिकालाई । नदी नियन्त्रण योजनाको सम्झौता गरेपछि नगरपालिकाको ठेकेदारका प्रतिनिधिसँग फोनमा मात्रै कुरा भएको छ । स्थानीयको गुनासो सुनेपछि मेयर विष्णु विष्ट आदर्शले ठेकेदारका प्रतिनिधिलाई फोन गरेर तत्काल काम गर्न निर्देशन दिए ।

तर, मेयरको निर्देशनलाई आलटाल गर्दै ठेकेदार कम्पनीले काम सुरु नगरेको पीडित बस्नेत सुनाउँछन् । नदी तटबन्धन निर्माणको जिम्मा हेटौंडाको माइरा कन्ट्रक्शनले पाएको थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहराले जानकारी दिए । माइरा कन्ट्रक्शनले नदी तटबन्धनको सम्झौता गरेर पनि काम नगरेको स्थानीयले गुनासो गरेका हुन् । थाहा नगरपालिकाले २०७३ सालमा नदी नियन्त्रणको डीपीआर निर्माण गरेको थियो ।

थाहाको जर्ती खोलामा मात्रै तटबन्धनको निर्माण गरेको बस्नेतले बताए । जर्ती खोला निवर्तमान मेयर लवशेर विष्टको घर भएको क्षेत्र हो । त्यहाँका बासिन्दाले नदी नियन्त्रणको काम भएपछि सुरक्षित महसुस गर्न पाए पनि नजिकैको फाँटबजारवासीहरू रातभर जागै बस्छन् । निर्माण कम्पनीले ढिलाइ गर्दा नगरबासी दिनरात चिन्तामा छन् । फेदीगाउँ–शंखमुल नदी तटबन्धन योजना अलपत्र हुँदा २ हजार ५ सय रोपनी खेतियोग्य जग्गा र २ सय ५० घरधुरी बाढीको जोखिममा परेको बस्ती बचाउ संघर्ष समितिले जनाएको छ ।

थाहा नगरपालिका–२ फाँटबजारबासी दिनभर ठेकेदारको आशमा रातभर जाग्राम बस्ने गरेका छन् । वर्षासँगै भुसकाट खोलामा आउने बाढीले फाँटबजारका करिब ६० घरधुरी प्रत्यक्ष प्रभावित छन् । उनीहरूलाई वर्षाले खोलामा पानीको बहाव बढेसँगै फाँटबजारमा बाढी पस्ने त्रास छ । ‘हामीलाई रातभर निन्द्रा लाग्दैन् । पानी पर्‍यो भने त सामान पोको पार्नुपर्छ,’ पीडित स्थानीय सविना गिरीले शिलापत्रसँग दुखेसो गरिन् ।

उनलाई निरन्तर पानी परेपछि भुसकाट खोलामा आउने बाढी आफ्नो घरमा पस्ने डर छ । ‘हरेक वर्षको वर्खामा खेला फाँटबजार पस्ने गरेको थियो । हामीले नदी नियन्त्रण गर्न बारम्बार भनिरहँदा कसैले चासो दिएनन्,’ गिरीले सुनाइन् । यसवर्षको मनसुन सुरु भएपछि २ पटक सानो छोरी बोकेर राति घर छोड्नु परेको गिरीको भनाइ छ । गतवर्ष खोलामा बाढी आउँदा ८३ वर्षीय वृद्धालाई बोकेर भागेको उनले सुनाइन् । पानी परेपछि सुतिरहेका बच्चा र वृद्धवृद्धालाई उठाएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

दुई वर्षअघिको वर्षामा मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको खेतियोग्य जग्गा र लाखौँको उत्पादित तरकारी बाढीसँगै बग्यो । आफ्नै तरकारी खोलामा बगेको देखेका थाहा–२ फाँटबजारका रमेश बस्नेत अहिले पनि बिहानदेखि बेलुकासम्मै खोला हेर्न गइरहन्छन् । खोलामा पानीको बहाव बढेसँगै बस्नेतलाई घरदेखि खेत डुबाउने र कटान गर्ला भन्ने त्रास छ ।

मनसुन सुरु भएसँगै बाढीको त्रासमा रहेका बस्नेत थाहा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा भेटिए । बस्नेतसँगै सविना गिरी, अर्जुन कार्की, केशव कार्कीलगायत एक दर्जन स्थानीय मेयरको पर्खाइमा थिए । उनीहरू केही माग्न हैन, बेपत्ता ठेकेदार खोजिदिन मेयरकोमा पुगेका थिए । नदी नियन्त्रणको काम लिएर कामै नगरी बेपत्ता भएको ठेकेदार कम्पनी बारे न स्थानीयलाई थाहा छ, न नगरपालिकालाई । नदी नियन्त्रण योजनाको सम्झौता गरेपछि नगरपालिकाको ठेकेदारका प्रतिनिधिसँग फोनमा मात्रै कुरा भएको छ । स्थानीयको गुनासो सुनेपछि मेयर विष्णु विष्ट आदर्शले ठेकेदारका प्रतिनिधिलाई फोन गरेर तत्काल काम गर्न निर्देशन दिए ।

तर, मेयरको निर्देशनलाई आलटाल गर्दै ठेकेदार कम्पनीले काम सुरु नगरेको पीडित बस्नेत सुनाउँछन् । नदी तटबन्धन निर्माणको जिम्मा हेटौंडाको माइरा कन्ट्रक्शनले पाएको थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहराले जानकारी दिए । माइरा कन्ट्रक्शनले नदी तटबन्धनको सम्झौता गरेर पनि काम नगरेको स्थानीयले गुनासो गरेका हुन् । थाहा नगरपालिकाले २०७३ सालमा नदी नियन्त्रणको डीपीआर निर्माण गरेको थियो ।

थाहाको जर्ती खोलामा मात्रै तटबन्धनको निर्माण गरेको बस्नेतले बताए । जर्ती खोला निवर्तमान मेयर लवशेर विष्टको घर भएको क्षेत्र हो । त्यहाँका बासिन्दाले नदी नियन्त्रणको काम भएपछि सुरक्षित महसुस गर्न पाए पनि नजिकैको फाँटबजारवासीहरू रातभर जागै बस्छन् । निर्माण कम्पनीले ढिलाइ गर्दा नगरबासी दिनरात चिन्तामा छन् । फेदीगाउँ–शंखमुल नदी तटबन्धन योजना अलपत्र हुँदा २ हजार ५ सय रोपनी खेतियोग्य जग्गा र २ सय ५० घरधुरी बाढीको जोखिममा परेको बस्ती बचाउ संघर्ष समितिले जनाएको छ ।

थाहा नगरपालिका–२ फाँटबजारबासी दिनभर ठेकेदारको आशमा रातभर जाग्राम बस्ने गरेका छन् । वर्षासँगै भुसकाट खोलामा आउने बाढीले फाँटबजारका करिब ६० घरधुरी प्रत्यक्ष प्रभावित छन् । उनीहरूलाई वर्षाले खोलामा पानीको बहाव बढेसँगै फाँटबजारमा बाढी पस्ने त्रास छ । ‘हामीलाई रातभर निन्द्रा लाग्दैन् । पानी पर्‍यो भने त सामान पोको पार्नुपर्छ,’ पीडित स्थानीय सविना गिरीले शिलापत्रसँग दुखेसो गरिन् ।

उनलाई निरन्तर पानी परेपछि भुसकाट खोलामा आउने बाढी आफ्नो घरमा पस्ने डर छ । ‘हरेक वर्षको वर्खामा खेला फाँटबजार पस्ने गरेको थियो । हामीले नदी नियन्त्रण गर्न बारम्बार भनिरहँदा कसैले चासो दिएनन्,’ गिरीले सुनाइन् । यसवर्षको मनसुन सुरु भएपछि २ पटक सानो छोरी बोकेर राति घर छोड्नु परेको गिरीको भनाइ छ । गतवर्ष खोलामा बाढी आउँदा ८३ वर्षीय वृद्धालाई बोकेर भागेको उनले सुनाइन् । पानी परेपछि सुतिरहेका बच्चा र वृद्धवृद्धालाई उठाएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

फाँटबजारमा २०५० सालमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अर्जुन कार्की बताउँछन् । उनका अनुसार २०५० सालमा आएको बाढीले करिब ५१ जनाको मृत्यु भएको थियो । हालसम्म फाँटबजारबाट २० देखि ३० घर विस्थापित भइसकेको कार्कीले जानकारी दिए । उनले पालुङदेखि फेदीगाउँसम्मका साढे २ घर परिवार बाढी प्रभावित रहेको बताए । ‘बाढीले खोलाको छेउमा राखिएको ग्राभेल बगाएर लगेपछि सिधै फाँटबजार पस्ने हो । हामीलाई पानी परेपछि कहाँ जाउँ, के गरौँ हुन्छ,’ कार्कीले सुनाए ।

फाँटबजारवासीले बस्ती बचाउ सरोकार समिति बनाएर जनप्रतिनिधिदेखि नेताहरूको नदी नियन्त्रणको लागि हारगुहार गर्दै आएका छन् । तर, दिनरात त्रासमा बस्दै आए पनि समस्या बुझ्दिने कोही नभएको केशव कार्कीले सुनाए । फाँटबजार पछाडि खोलामा बनाइएको अस्थायी चेक ड्याम यसअघिको भेलले खोलिसकेको छ । ‘भेलले नै ड्याम खोलिसक्यो । अब बाढी पाए घर भएको ठाउँमा खेला पस्छ । हामी न थातथतो छोड्ने स्थितिमा पुग्यौँ, न बस्न नै सक्छौँ,’ कार्कीले गुनासो गरे ।

तरकारी उत्पादनका लागि थाहा नगरपालिका प्रख्यात क्षेत्र हो । यहाँ उत्पादित तरकारीले काठमाडौंमा आधाभन्दा बढी तरकारीको माग परिपूर्ति गर्छ । थाहाको पनि फाँटबजार आलु, काउली, बन्दालगायतका तरकारी उत्पादनको पकेट क्षेत्र हो । यही खेतियोग्य जग्गा बाढीको उच्च जोखिममा छन् । २०७६ सालमा लाखौँको आलु, मकै, बन्दा, मुला बाढीले बगाएको पीडित बस्नेतले बताए ।  शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*