मधेस प्रदेशमा फेरि सुरु भयाे ‘छोरी शिक्षा बीमा’ कार्यक्रम

जनपत्र
२० असार २०७९, सोमबार ११:३८

धनुषा – मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ।

यस कार्यक्रम कोरोना महामारीका कारण गएकाे दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको जानकारी दिनुभयो ।

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उहाँले बताउनुभयो । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

गएकाे २०७८ माघ १ गतेपछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि तीन लाख रुपैयाँ दिने गरी प्रतिबीमा ३७ हजार ४ सय ५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’  २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*