राष्ट्रपति रनिङ शिल्ड बुद्ध मावि बकैयाले जित्यो

जनपत्र
१९ असार २०७९, आईतवार १८:१०

हेटौंडा । मकवानपुर जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड बुद्ध मावि बकैयाले जितेको छ । मकवानपुरका दश पालिका मध्ये ८ वटाको सहभागितामा भए जिल्ला स्तरिय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण,३ रजत र ३ कास्य पदक प्राप्त गरि शिल्ड फेरी पनि जितेको हो । अघिल्लो बर्ष पनि पनि बुद्धले नै शिल्ड जितेको थियो ।

यस्तै जनकल्याण मावि थाहागरपालिकाले ५ स्वर्ण,४ रजत र १ कास्य पदक सहित दोस्रो भएको छ भने हेटौडाको जनपृय मावि ४ स्वर्ण,३ रजत र २ कास्य सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ सुृन्दरी देवी मावि थाहानगर प्रथम,अरनीको मावि हेटौडा द्धितीय र कालिका मावि कैmलाश तृतीय भएका छन् । यस्तै छात्रा तर्फ जकल्याण मावि प्रथम,भानुमावि मकवानपुर गढी दोस्रो र कालिका मावि ई्न्द्रसरोवर तृतीय भएका छन् ।

कबड्डीमा छात्र तर्फ जनपृय हेटौडा प्रथम,जनकल्याण थाहा द्धितीय र चण्डीका मावि गढी तृतीय भएका छन् । यस्तै कबड्डीमा छात्रा तर्फ जनकल्यण प्रथम,चन्द्रोदय मावि हेटौडा द्धितीय र बंशगोपाल मकवानपुर गढी तृतीयभएका छन् ।

उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी, र करुणा पाख्रीन बालबोध मावि हेटौडा, भलिवलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्वा,तथा कबड्डीमा जनपृयका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र साही,विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । दुई दिन सम्म सन्चालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् । प्रदेश प्रतियोगिता यही असार २५ गते देखि काठमाडौमा हुने जानकारी दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*