भिमफेदी गाउँपालिकाको बजेट ५० करोड

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि ५० करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने भएको छ । गाउँ सभामा यो बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ । भिमफेदी गाउँपालिकाले सिधै पालिका भरीका घरघरमा पुग्ने खालका धेरै कार्यक्रम ल्याएको छ । पुर्बाधारका काम संगै भिमफेदीले ६० बर्ष भन्दा माथी उमेर भएका बृद्धबृद्धाहरुलाई घरघरमानै गएर स्वास्थ्य उपचार गर्ने कार्यक्रम ल्याएको छ । ‘गाउँगाउँमा रोजगारी घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम ल्याएको छ ।
काठमाण्डौको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान संगको सहकार्यमा ६० बर्ष माथीका उमेर भएका बृद्धबृद्धाहरुलाई महिनामा एक पटक घरघरमा गएर उपचार गर्ने कार्यक्रम ल्याइएको भिमफेदी गाउँपालिलाका अध्यक्ष हिदम लामाले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै भिमफेदीमा गाउँमै रोजगारी दिलाउने खालका कार्यक्रम अनुसार काम दिने गरी योजना ल्याइएको छ ।
त्यसैगरी पालिकामा बड्दै गएको वालबिवाहलाई न्युनिकरण गर्नका लागि १४ बर्ष देखि २० वर्ष सम्मका किशोरीहरुलाई बिमा कार्यक्रम पनि ल्याइएको छ । वाल बिवाह गर्ने किशोरीहरुको बिमा भने नगरिने उहाँले बताउनुभयो । त्यसैगरी ‘घरघरमा झण्डा गर्भवतीलाई अण्डा’ कार्यक्रम पनि ल्याइएको छ । भर्गवती महिलालाई पोसीलो अण्डा खुवाउने उदेस्यले यो कार्यक्रम ल्याएको हो । गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउन भन्ने उदेस्यले गर्भवती महिलाले घरमा हरियो झण्डा राख्नुपर्ने र गाउँपालिकाले अण्डा खुवाउने कार्यक्रम ल्याइएको अध्यक्ष लामाले बताउनुभयो ।
त्यसैगरी ‘टकिङ टिचर कार्यक्रम’ माध्यमिक बिद्यालयमा स्मार्ट एजुकेशन सिस्टक कार्यक्रम ल्याउन लागिएको अध्यक्ष लामाले बताउनुभयो । यो कार्यक्रमका लागि एक करोड रुपैयाँको बजेट छुट्याइएको छ । एक घर एक टनेल कार्यक्रम पनि बजेटमा ल्याइएको छ । गाउँका किसानलाई प्राथमिकता दिएर प्रत्यक घरका किशानले एक टनेल निर्माण गरेर तरकारी खेतिगर्नका लागि पालिकाले यो कार्यक्रम ल्याएको हो ।