वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाटका सयौँ घर-पसल डुबानमा

जनपत्र
१८ असार २०७९, शनिबार १४:४६

उदयपुर – निरन्तरको वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट बजार  क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् ।  बजार क्षेत्र डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य वस्तु सबै नष्ट भएका छन् ।

पचासौँ लाखभन्दा धेरैको सामान नोक्सान भएको  स्थानीय व्यापारीले बताएका छन् । तर क्षतिको यकिन विवरण भने आइसकेको छैन । अहिले पानी केही कम भए पनि अवस्था सहज नभएको र फाट्टफुट्ट पसल मात्रै खुलेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेलले जानकारी दिनुभयो । अहिले डुबान  प्रभावित बजार क्षेत्रको अनुगमन भइरहेको उहाँको भनाइ छ ।

मुख्य गरेर गाईघाट  बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा  पसलमा राखिएका धेरैजसो उपभोग्य वस्तु नष्ट भएको  पसल सञ्चालक दीपक कार्कीले बताउनुभयो । यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिका–५ मा त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध बाढीले भत्काएको छ ।  बाँध भत्काएर झण्डै १० बिगाहा खेतमा बाढी पसेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*