झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

जनपत्र
१७ असार २०७९, शुक्रबार १२:०८

झापा – झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ ।

स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले विज्ञमार्फत हात्तीको परीक्षण गरिने जानकारी दिनुभयाे।

हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*