हेटौंडा–२ मा प्लाष्टिकका झोला प्रतिबन्ध लगाउने अभियान, बैकल्पीक झोलालाई प्राथमिकता

जनपत्र
१६ असार २०७९, बिहीबार ०८:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा ४० माइक्रोन भन्दा कमको प्लाष्टिक झोला प्रतिवन्ध तथा बैकल्पीक झोलाको प्रबर्दन गर्ने अभियान सुरु गरिएको छ । टोलविकास संस्था वडा नम्बर–२ समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाका सरकारी कार्यालयमा ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला प्रतिवन्ध लगाउने अभियान गरिएको हो ।

यो अधियान अनुसार जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी मरतमणि पाण्डे, हेटौंडा उपमहानगरपालिका, हेटौंडा–२ मा रहेको वन तथा वातावरण मन्त्रालय र वडा नम्बर २ का टोल बिकास संस्थामा गएर बैकलीपीक झोलाको प्रतिवन्ध लगाउनका लागि कार्यक्रम गरिएको हो । यो अभियानमा सरकारी कार्यालय र टोल विकास संस्थाहरुले यो अभियानमा प्रतिबद्धता व्यक्त गरिएको टोल विकास संस्था २ नम्बर वडा सम्वय समितिका अध्यक्ष मनिासा घलेले बताउनुभयो ।

हेटौंडा–२ का २० वटा टोल विकास संस्थाहरुलाई नमुनाको रुपमा कपडाको झोला वितरण गरी ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला प्रतिबन्ध लगाउनका लागि यो अभियान सुरु गरिएको हो । यो अभियान अनुसार हेटौंडा–२ का बिभीन्न टोल विकास संस्था, सरकारी, गैरसरकारी संस्थाहरुमा यो अभियान अनुसार कार्यान्वयन गराउन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*