मकवानपुरको भीमफेदी–कुलेखानी–सिस्नेरी सडक पहिरोका कारण अवरुद्ध

जनपत्र
१५ असार २०७९, बुधबार १७:४३

हेटौंडा । निरन्तरको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–४ केराघारीमा पहिरो गएको छ । पहिरो गएपछि हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध भएको भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसअघि इन्द्रसरोवर गाउँपालिका वडा नं।३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले गएको छ । पहिरोका कारण सिस्नेरी सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । त्यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ वर्षासँगै सवारी आवागमनमा रोक लगाइएको छ ।

निर्माणकै क्रममा रहेको उक्त सडकमा बर्षाको कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवातजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनले पहिरो हटाउनको लागि काम भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*