कपाकप काँच खाने अनौठा व्यक्ति

जनपत्र
९ असार २०७६, सोमबार ०७:०१

दुनियाँमा केही मानिसहरु आफ्नो अनौठो आनीबानी तथा क्षमताका कारण पनि अरुभन्दा भिन्न छन् । ती मानिसहरुका लागि त्यो आनीबानी एउटा शौखको रुपमा हुन सक्दछ, तर देख्ने वा सुन्नेका लागि भने त्यसले शरीरका रौँ ठाडा पारिदिन्छ । भारतको मध्यप्रदेशस्थित डिन्डौरी जिल्लामा रहेको शहपुरामा बस्ने एकजना पुरुष यस्तै अनौठो बानीका कारण चर्चित छन् ।दयाराम साहू नामका ती व्यक्तिले काँचका सामानहरु चपाएर खाने गर्दछन् । काँचका बोतल तथा बल्बहरुलाई समेत टुक्राटुक्रा पारी चपाएर खाने उनको बानीले धेरैलाई हैरान पारेको छ ।

दयाराम पेशाले वकिल हुन् । अरुले जिउमा बिझ्ला कि भनेर डराउने काँचका टुक्राहरु उनले सजिलैसँग चपाएर खाइदिन्छन् ।काँच खाने आदत उनलाई बच्चै देखि लागेको हो । अहिले उनी विवाहित छन् । अनौठो कुरा त के भने उनकी पत्नीले उनलाई काँच खानबाट रोक्ने होइन उल्टै उनलाई खानका लागि काँचका टुक्राहरुको जुगाड गर्दछिन् । विवाहपछि पहिलोपटक कर्मघर आउँदा आफूले लोग्नेलाई चुपचाप बसेर काँच खाइरहेको देखेको उनी सम्झिन्छिन् । त्यो देखेर उनी सुरुमा आत्तिइन् । तर पछि लोग्नेको काँच खाने बानीका बारेमा उनले जानकारी प्राप्त गरेपछि अहिले त पतिलाई खानका लागि काँचको बन्दोबस्त गरिदिने गरेकी छिन् ।

यद्यपि, उनले यसअघि लोग्नेलाई काँचको लत छुटाउने कोसिस नगरेकी होइनन् । तर सफल भइनन् ।दयारामका अनुसार पहिले उनी एक पटकमा एक किलोसम्म काँच चपाइदिन्थे । तर अहिले दाँत कमजोर भएपछि त्यसो गर्न सक्दैनन् । आफूलाई १४–१५ वर्षको उमेरदेखि नै काँच खाने बानी बसेको उनी बताउँछन् ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*