बंगलादेशले बनायो ‘राष्ट्रिय गौरव’को पुल, तल रेल, माथि गाडी गुड्ने

जनपत्र
१२ असार २०७९, आईतवार १३:२३

काठमाडौं । बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज (पुल) आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् ।

यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्दछ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण गरिएको छ ।

कतिपयले पूर्णरुपमा स्वदेशी लगानीमा बहुउद्देश्यीय यो पुल निर्माण गर्न बंगलादेश सफल हुनेमा शंका गरेका थिए । तर बंगलादेश स्वदेशी लगानीमै पुल निर्माण गर्न सफल भएको छ ।

राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुल निर्माणमा संलग्नहरुप्रति आभार व्यक्त गरिन् । पद्मा ब्रिज बंगलादेशको गौरव भएको बताउँदै उनले भनिन्, ‘मलाई कसैप्रति कुनै गुनासो छैन, तर म मान्दछु कि जसले पद्मा ब्रिज निर्मण योजनाको विरोध गरेका थिए र यसलाई पाइप ड्रिम भनेका थिए, उनीहरुमा आत्मविश्वासको कमी थियो । मलाई विश्वास छ कि यो पुलले उनीहरुको आत्मविश्वासलाई बढाउने छ ।’ उनले यो पुललाई बंगलादेशको क्षमता, शक्ति र गरिमाको प्रतीक भएको बताइन् । सो अवसरमा उनले १०० रुपैयाँको नोट पनि जारी गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*