माधवका मन्त्री फेर्न प्रधानमन्त्रीको नयाँ सर्तः बागमतीमा पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री छोड्नुपर्ने

जनपत्र
१२ असार २०७९, आईतवार ०६:५२

हेटौंडा । माधव नेपालका मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सर्त अगाडी सार्नु भएको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई हटाएर इन्द्र बानियाँलाई मुख्यमन्त्री छोड्नुपर्ने माग अगाडि सारिएको छ । अबको चुनाब सम्म मुख्यमन्त्री पद् नछोड्ने र केन्द्रीय सरकारमा भने मन्त्री हटाउनुपर्ने भन्दै हिडेका पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने माग अगाडि सारिएपछी नयाँ तरंग आएको छ ।

एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको शनिबार २० दिन पुग्यो । २२ असारमा बसेको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गरेको थियो । र, सोही दिन साँझ मन्त्रीका लागि शपथ गर्ने नेताहरूको सूची अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।

सोही साँझ रामकुमारी झाँक्री र विरोध खतिवडा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे, मन्त्री पद जोगाउनका लागि । भोलिपल्ट बिहानै फिर्ता बोलाउने निर्णय भएका ४ जना मन्त्रीहरू खतिवडा, झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठको टोली प्रधानमन्त्री  देउवालाई भेट्न पुगे ।

गठबन्धनका नेताहरूसम्म पुगेर पद जोगाउने प्रयास गरेका उनीहरूले २० दिन पद थप्न त सकेका छन् । तर,पार्टीभित्र चाँहि बढ्ता नै बदनाम भएका छन् । यसबीचमा उनीहरूका निर्णय र गतिविधि पनि विवादित बनिरहेका छन् । प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । त्यसबाहेक मन्त्री आलेले एकै दिन ३१ जेठको मन्त्रिपरिषद् बैठकबाट तारागाँउ विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त गरे । नेपाल पर्यटन बोर्डका दुईजना बोर्ड सदस्यलाई हटाए ।

निगममा निमित्त महाप्रबन्धक दीप ज्वारचनलाई नियुक्त गरेर कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरे । २२ दिनको बीचमा प्रधानमन्त्री देउवाको गतिलो साथ पाएर पर्यटन मन्त्री आलेले अध्यक्ष माधव नेपाललाई जानकारी नै नदिई धेरै नियुक्ति गरेका छन् ।

गठबन्धनको मुख्य घटक एकीकृत समाजावदीको पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा किन हिच्किचाइरहेका छन् ? अर्थात माधव नेपालभन्दा प्रेम आले किन प्रिय बनिरहेका छन् ? अहिले समाजवादीका नेताहरूले प्रश्न उठाइरहेका बेला देउवाको रणनीति चाँहि बागमती प्रदेश सरकारसँग जोडिएको पाइएको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेतृत्व गरेको बागमती प्रदेश सरकार पनि हेरफेर गराउने प्रयासमा देउवा लागेका छन् ।

समाजवादीका मन्त्री फेर्न निर्णयसँग प्रदेशको मुख्यमन्त्री फेर्ने एजेण्डालाई प्रधानमन्त्री देउवाले ‘बार्गेनिङ टुल्स’ बनाएका हुन् ।  ११ कात्तिक ०७८ मा बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले ६ महिनापछि कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई छोड्ने लिखित सहमति गरेका थिए । उक्त सहमतिअुनसार मुख्यमन्त्री पाण्डेले २ महिना अघि नै पद बानियाँलाई बुझाउनुपर्ने हुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*