ललितपुरका केही ठाउँमा बिजुली अवरुद्ध : सेवाग्राही मर्कामा

जनपत्र
११ असार २०७९, शनिबार १०:१६

काठमाण्डाै – ललितपुरका केही ठाउँमा गएरातिदेखि बिजुली अवरुद्ध भएको छ । ललितपुर महानगरपालिकाका चापागाउँ, ठेचो, ढोलाहिटीलगायतका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो।

लगनखेल वितरण केन्द्रका अनुसार बिजुली नियमित गर्न बिहानैदेखि प्राविधिक टोली खटिएको छ । तर अहिलेसम्म समस्या पत्ता लाग्न सकेको छैन । चापागाउँ र लगनखेलबाट प्राविधिक टोली खटिएको तर कुन ठाउँमा समस्या छ भनेर पत्ता लगाउन नसकिएको लगनखेल केन्द्रले जानकारी दिएको छ ।

समस्या पत्ता लगाएर मर्मत गर्नुपर्ने भएकाले बिजुली आउन केही समय लाग्न सक्ने पनि केन्द्रले जनाएको छ । बिजुली नहुँदा चापागाउँ, ठेचो, ढोलाहिटीलगायत आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*