हेटौंडामा महिला गैरसरकारी संस्था महासंघको रणनीतिक योजना गोष्ठि

जनपत्र
९ असार २०७९, बिहीबार १७:२७

हेटौंडा । महिला गैरसरकारी संस्था महासंघको आयोजनामा हेटौंडामा रणनीतिक योजना गोष्ठि भएको छ । एफइएयस नेपालको सहयोगमा हेक दिने गोष्ठि गरिएको हो । बागमती प्रदेश र गण्डकी प्रदेशका महिलालेने तृत्व गरेका संस्थाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघका अध्यक्ष प्राध्यापक डाक्टर शशी अधिकारीले राज्यका नीकायका बिभीन्न क्षेत्रमा बिगत देखि बर्तमान सम्म महिलाको प्रतिनिधित्वका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा सहभागिहरुलाई सहजीकरण समेत गर्नुभयो ।

कार्यक्रममा महिला गैसस महासंघका राष्ट्रिय संयोजक श्रीजना लोहनीले यो कार्यक्रम आगामी दिनमा रणनीति बनाउनका लागि फलदायी हुने बताउनुभयो । महिलाले नेतृत्व गरेका गैरसरकारी संस्थाहरुलाई अगाडी बढाउनका लागि यो कार्यक्रम हेटौंडामा गरिएको हो ।

महिला गैसस महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शान्ता बरालल लगायतकाले आफ्ना धारणा राख्नु भएको थियो । अहिले सम्म महिलाले नेतृत्व गरेका गैरसरकारी संस्थाहरुको सवल पक्ष, कमजोर पक्ष, चुनौती र अवसरका विषयमा समुहगत छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*