जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

जनपत्र
९ असार २०७९, बिहीबार १०:२९

काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो ।

मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुनेछन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रमको संयोजन गरेका अनुसन्धानदाता टीकाराम भण्डारीले यस पटकको राष्ट्रिय सम्मेलन मधेश विशेष रहने जानकारी दिए । उनले भने, ‘राष्ट्रिय सम्मेलन भए पनि यस वर्ष मधेशमा क्रियाशील स्थानीय अनुसन्धानदाता र विद्यार्थीलाई केन्द्रित गरेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*