भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

जनपत्र
९ असार २०७९, बिहीबार ०९:३२

काठमाण्डाै – भक्तपुरको सूर्यविनायकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका-८ आदर्शचोकमा बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षका निश्चल चौगुठीको मात्रै परिचय खुलेको छ । अर्का एक जनाको परिचय खुल्न बाँकी छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*