भूकम्पमा परी अफगानिस्तानमा १ हजारभन्दा बढीको मृत्यु

जनपत्र
९ असार २०७९, बिहीबार ०८:४०

अफगानिस्तानमा गएको भूकम्पमा परी १ हजार भन्दा बढीको मृत्यु भएको छ । युएस जिओलोजिकल सर्भेले दिएको जानकारी अनुसार बुधवार अफगानिस्तानमा ६।१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

न्युज एजेन्सी एएनआईका अनुसार अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी भएको छ । यस्तै भूकम्पमा परी घाइते हुनेको संख्या १ हजार ५ सय भन्दा बढी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*