दुई महिने सांकेतिक भाषा दोभाषे तालिम पश्चात अन्तिम मुल्यांकन परीक्षा सम्पन्न

जनपत्र
८ असार २०७९, बुधबार १८:४६

हेटौंडा/सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा बागमती प्रदेश स्तरीय दुई महिने सांकेतिक भाषा दोभाषे तालिम पश्चात अन्तिम मुल्यांकन परीक्षा सम्पन्न भएको छ ।
ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको हलमा भएको दुई महिने आवासीय तालिममा बागमती प्रदेश भरिका २५ जनाको सहभागीता रहेको थियो । प्रशिक्षार्थीहरुले तालिममा निक्कै सक्रियता पुर्वक भाग लिएको प्रशिक्षक तथा राष्ट्रिय अपांग महासंघका सदस्य कृष्ण गजुरेलले बताउनु भयो । तालिम अवधी भर प्रशिक्षार्थीहरुलाई ४ जना सांकेतिक भाषा दोभाषे प्रशिक्षकहरुले सहजीकरण गर्नु भएको दोभाषे प्रशिक्षक सीता पौडेलले बताउनु भयो ।

No description available.
कार्यक्रमको समापन यहि शुक्रबार समाजिक बिकास मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री कुमारी मोक्तानले गर्नु हुने राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशकी अध्यक्ष विष्णु कुमारी पौडेलले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*