अपांङ्ग स्वाबलम्बन जीवन पद्धती केद्रद्वारा जिसस प्रमुखलाई ज्ञापन पत्र, माग सम्बोधन हुन्छ : प्रमुख घलान

जनपत्र
८ असार २०७९, बुधबार १८:३३

हेटौंडा/अपांङ्ग स्वाबलम्बन जीवन पद्धती केद्र मकवानपुरले आज बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई ज्ञपन पत्र पेश गरेका छन् ।
बागमती प्रदेशमा बसोबास गर्ने सबै प्रकारका र सबै तहका अपाङ्गता भएका व्यक्तिहरुले तीनै तहको सरकारबाट एकिकृत रुपमा सबै प्रकारका सेवा सुबिधा प्राप्त गरि पूर्ण मानव अधिकारका साथ स्वाबलम्बन जीवनयापन गर्न गराउनको लागि आवश्यक कार्य गर्न र गराउनका ज्ञापन पत्र माफर्त माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख घलानले कानुनको अधिनमा रहेर मागको सम्बोधन गर्न र गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
साथै जिल्ला समन्वय मकवानपुरको कार्यालयलाई पनि अपाङ्ग मैत्री बनाउनको लागि आवश्यक पहल गर्न प्रमुख घलानलाई आग्रह समेत गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय मकवानपुरका उप–प्रमुख सानुकाजी लुँईटेल, अपांङ्ग स्वाबलम्बन जीवन पद्धती केद्र मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बो, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकी सीता मल्ल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हेटौंडाका सुरेन्द्र तिमल्सिना, अपाङ्ग सरोकार केन्द्र मकवानपुरकी सानु स्याङतान लगायतको उपस्थिती रहेको थियो ।
हेर्नुस ज्ञापन पत्र

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*