मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका परियारको मृत्यु

जनपत्र
८ असार २०७९, बुधबार १८:२६

हेटौंडा । मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका एक जना कैदीको मृत्यु भएको छ । हेटौंडा-१२ स्थायी ठेगना भएका ३ वर्षदेखि लागूऔषध मुद्दामा कैदी जीवन बितारहेका मिलन परियारको मृत्यु भएको कारागारका जेरल मदन लामा थिङले बताए ।

मंगलबार बिहान एक्कासी छाती पोल्ने र दुख्ने भएपछि भीमफेदीको प्राथमिक स्वास्थ्य चौकीमा उपचार पछि कारागार ल्याईएको र राति पनि एक्कासी छाती दुख्ने समस्या भएपछि उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जेरल लामाले बताए ।

परियारको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाउने कार्य भईरहेको र घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*