विराट कोहली कारबाहीमा परे

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतीय टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।
विश्वकप क्रिकेटमा अफगानिस्तान बिरुद्धको खेलको दौरानमा कप्तान विराटले एम्पायरलाई अभद्र ब्यवहार गरेको भन्दै आईसीसीले कारबाही स्वरुप म्याच फिको २५ प्रतिशत जरिवाना गरेको हो ।
अनुशासन भंग गरेसँगै कोहलीले एक नम्बर डिमेरिट अंकसमेत पाएका छन् । भारतीय कप्तान विराट कोहलीले आफूले गल्ती गरेको स्वीकार गरिसकेको आईसीसीले उल्लेख गरेको छ ।