युवा प्रतिभा पहिचान गर्दै युवा परिषद्, बागमती प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगितामा प्रवेश तिमल्सिना प्रथम

जनपत्र
८ असार २०७९, बुधबार १८:१३

हेटौंडा । बागमती प्रदेश युवा परिषद्को कार्यालयको आयोजनामा प्रदेश प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिता आज हेटौंडामा भएको छ । प्रदेशभरका युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत सञ्चालित ‘शिर्जनशिल र उद्यमशिलता प्रवर्दनः बागमतीमा युवा सशक्तिकरण’ बिषयक प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिता भएको हो ।

बागमतीका १३ वटा जिल्लाबाट छनोट भएर आएका १८ जना प्रतियोगिका बिचमा आज फेरी प्रदेश स्तरको प्रतियोगिता गरिएको र उत्कृष्ट चार जना छनोट गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । प्रतियोगितामा भक्तपुर चाँगुनारायण नगरपालिकाका प्रवेश तिमल्सिना प्रथम हुनु भएको छ ।

वतृत्वकला प्रतियोगितामा धादिङ जिल्ला निलकण्ठ नगरपालिकाकी समिक्षा अधिकारी द्वितीय हुनु भयो । त्यसैगरी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकाका तृष्णा अधिकारी तृतीय र नुवाकोट जिल्ला वेलकोट नगरपालिकाका विविना लामिछाने सान्त्वना हुनु भएको छ । प्रदेश विजेता प्रथमले ३० हजार, दोस्रो २५ हजार, तृतिय २० हजार र सान्तोनाले १० हजार पुरस्कार र प्रमाणप्राप्त गर्नुभयो ।

विजयी तथा सहभागी प्रतियोगीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, परिषिद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं र प्रमुख निर्णायक निमेष निखिलले पुरस्कार वितरण गर्नुभयो । जिल्ला स्तरीय प्रतियोगिता जित्दै १८ जना प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएका थिए । कार्यक्रममा मन्त्रालयका सचिब धुर्ब गैडा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रदेश युवा परिषदका निमित्त कार्यालय प्रमुख रमेश घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*