हेटौंडाको होटलमा श्रीवास्तबलाई बन्धक बनाएर फिरौती माग गर्ने तीन जना पक्राउ

जनपत्र
८ असार २०७९, बुधबार १७:१०

हेटौंडा – हेटौंडामा बन्धक बनाएर फिरौती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र सोही वडा बस्ने २८ वर्षीय अशोक लामा रहेका छन् ।

उनिहरुले हेटौडा उपमहानगरपालिका–१० बसपार्कस्थित ट्राभल होटल एण्ड लजको रुम नं. १०७ मा पर्सा बिरंगज महानगरपालिका१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाएर राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

श्रीवास्तवलाई बन्धक बनाएर उनको घरमा फोन सम्पर्क गर्न लगाएर फिरौति रकम (पैसा) समेत माग गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले बताए । उनिहरुले फिरौती रकम के ?, कति ? माग गरेको थियो त्यो भने प्रहरीले खुलाएको छैन ।

उनिहरुलाई नियन्त्रणमा लिएर सम्मानित मकवानपुर जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिएर अनुसन्धान कार्य भईरहेको प्रवक्ता घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*