हेटौंडाका कृषकलाई प्रबिधिमा जोडिदै, खेति गर्न ६ वटा हाते ट्याक्टर

जनपत्र
८ असार २०७६, आईतवार १७:५३

हेटौंडा– हेटौंडाका कृषकहरुलाई हेटौंडा उपमहानगरपालिका कार्यालयले हाते ट्याक्टर वितरण गरेको छ । आधुनिक कृषि यान्त्रिकरणमा जोड दिन कार्यालयले कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो ।

आज हेटौंडा उपमहानगरका नगर प्रमुख हरिबहादुर महत र उपप्रमुख मिना कुमारी लामाले कृषकलाई हाते ट्याक्टरको साँचो हस्तान्तरण गर्दै ट्याक्टर वितरण गर्नुभयो । हेउमनपाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको हो । कृर्षकलाई अब परमपरागत तरिकाले भन्दा पनि प्रबिधि संग जोडेर काम गर्नका लागि हाते ट्याक्टर बितरण गरिएको मेयर महतले बताउनुभयो ।

कृषि उपकरण वितरण कार्यक्रममा नगर प्रमुख महतले कृषकलाई कृषि यान्त्रिकरणमा जोड दिन आग्रह गर्नुभयो । कृषि क्रान्ति आधुनिक कृषि यान्त्रिकरणबाट सफल हुने भन्दै आधुनिक कृषि तर्फ किसानहरु उन्मुख हुनुपर्ने उहाँले बताउनुभयो ।

१२ एचपीको १ वटा, ९ एचपीको ४ वटा, ६ एचपीको १ वटा हाते ट्याक्टर र मकै छोडाउने र गोड्ने मेसिन कृषकहरुलाई वितरण गरिएको हो । हेटौंडाको हिमचुली कृषि सहकारी संस्था, सिर्जनशील कृषक समूह, नगर कृषक समूह, साना किसान कृषि सहकारी संस्था, हर्नाफाँट सिचाईं जन उपभोक्ता समिति, युवा विकास कृषि सहकारी संस्था, लोकतान्त्रिक कृषि सहकारी संस्थालाई हाते ट्याक्टर वितरण गरिएको हो । समूहमार्फत कृषकहरुले हाते ट्याक्टरबाट खेती गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*