मकवानपुरमा असार ९ गतेबाट ५ वर्ष माथी र १२ वर्ष मूनिका बालबालिकालाई कोरोना बिरुद्धको खोप

जनपत्र
७ असार २०७९, मंगलवार १९:२३

हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा असार ९ गतेबाट ५ वर्ष माथी र १२ वर्ष मूनिका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने भएको छ । स्थानीय तहका स्वास्थ्यकर्मीले बिद्यालयमानै खोप केन्द्र बनाएर कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
अभियान नै सञ्चालन गरि यहि ९ गते विहीबार देखी १५ गते सम्म बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।

मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै फाइजर खोपको प्रभावकारीता, देखिने समस्या र अभियान बारे जानकारी दिइएको थियो । यो खोपबाट कोही पनि लक्षित उमेयर समुहका बालबालिकालाई छुटाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताउनुभयो । स्थानीय तहले विद्यालयलाई खोपकेन्द्रको रुपमा बालबालिकालाई खोप लगाइने भएको छ ।

मकवानपुरमा ६१ हजार ७५ जना लक्ष्य रहेको बताउदैं कार्यालय प्रमुख गुरागाईले फाइजर खोप बालबालिकालाई प्रभावकारी रहेको बताउनुभयो । मकवानपुरमा ३९० जना स्वास्थ्यकर्मी परिचालन गरि खोप कार्यक्रम गरिने बताउनुभयो । बालबालिका अध्ययनरत विद्यालय वा नजिकको पायक पर्ने विद्यालयमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाले बोल्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*