उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिकाे निधनमा गाउँपालिका‍मा सार्वजनिक बिदा

जनपत्र
५ असार २०७९, आईतवार १५:०४

काठमाण्डाै – रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्‍यक्षका देवर नाता पर्ने व्‍यक्तिको निधनमा पालिकामा सार्वजनिक बिदा दिइएको छ ।

गाउँपालिका उपाध्यक्ष आशा सिंहकाे देवर नाता पर्ने व्यक्तिकाे आज आइतवार गाडी दुर्घटना ज्यान गएकाेले पालिकाभरि सार्वजनिक बिदा दिइएकाे विज्ञप्तिमा उल्लेख छ ।

‘रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आज गाडी दुर्घटनामा निधन भएकाले आज यस कार्यालयलगायत सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय तथा अन्य सङ्घसंस्थाहरू बन्द रहने यस सूचनाद्वारा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*