ताप्लेजुङमा पहिराेले आठ घर बगायो

जनपत्र
५ असार २०७९, आईतवार ११:२९

ताप्लेजुङ – ताप्लेजुङमा आठवटा घर पहिराेेले बगाएको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराेले आठ वटा घर बगाएको हो । गएको बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराेले क्षति गर्न थालेको हो ।

जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराेले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेका समितिले जनाएको छ ।

विस्थापित परिवार अहिले सुरक्षित ठाउँमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गएको शुक्रवार सिरिजङ्गामा पहिराेमा परि दुई जनाको ज्यान गएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराेले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराेले बगाएको छ । तीस घरपरिवार विस्थापित भएका फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित ठाउँमा जानका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*