दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयाे

जनपत्र
३ असार २०७९, शुक्रबार १२:५५

दाङ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर चौधरीको ज्यान गएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*