सुनको भाउ फेरि ५ सय रुपैयाँले बढ्यो

जनपत्र
३ असार २०७९, शुक्रबार ११:२३

काठमाण्डाै – सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ।

आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*