एमाले सांसद बैठक बहिष्कार गरेर बाहिर निस्किए

जनपत्र
२ असार २०७९, बिहीबार १४:३९

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई प्रवेश दिएर अक्षम्य अपराध गरेको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसद् बहिष्कार गरेको हो ।

आज बिहीवारको बैठकको सुरुमै एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले देश र संसदकै बदनाम हुने गरी तथा अर्थतन्त्रलाई थप धरापमा पार्ने क्रियाकलाप गरेको भन्दै उहाँको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताउनुभएको थियो ।

एमालेका सांसदले उठेर विरोध जनाए पनि सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन समय दिनुभयो । अर्थमन्त्रीले बोल्दा बोल्दै एमालेका सांसदले बैठक बहिष्कार गरेर बाहिर निस्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*