हेटौंडा बजार भत्काउन सडक कार्यालयको सूचना, घर भत्काइसक्न १५ दिने अल्टिमेटम

राजमार्गको दायाँ बाँया २५ मिटर सिमामा बनेका संरचना हटाउन फेरी सूचना जारी गरिएको हो ।
जनपत्र
७ असार २०७६, शनिबार १२:५९

हेटौंडा । हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउनका लागि संघिय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले आज फेरी सूचना जारी गरेको छ । पटक पटक सूचना जारी गरेपनि पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको थिएन । आजको कान्तिपुर दैनिकको १२ औ पृष्टमा सूचना जारी गर्दै सडक सिमा खाली गर्नका लागि आग्रह गरिएको छ ।
सडक बिस्तारको काम अनुसार सडक सिमा खाली तत्काल गरिनुपर्ने सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो ।

कान्तिपुर दैनिकमा छापिएको सूचना अनुसार महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग खाली गर्नका लागि निर्देशन दिइएको छ । पूर्ब पस्चिम राजमार्ग र त्रिभुवन राजपथको दाँयारबाँया २५–२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरिएको अधिकारीले बताउनुभयो ।
विभागले आजको मितिले अर्थात असार ७ गतेको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ । यस अघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक पटक सुचना प्रकाशित गर्दै महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग रराजपथको दाँया रबाँया २५–२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो ।

सडक बिस्तार गर्ने क्रममा यसअघि हेटौंडाको रापतीरोडका केही घर, टहरा भत्काइएपनि मकवानपुर उद्योग बाणिज्यसंघ, घरधनी र ब्याबसायीहरुको अबरोधका कारण सडक बिस्तारको काम रोकिएको थियो । रापतीरोडका केही घरधनीहरुले घर भत्काउन नपाउने भन्दै सर्बोच्च अदालतमा मुदा समेत दर्ता गराएका थिए ।

तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीले सडक विस्तारको कामलाई थालनि गरेको भएतापनि सडक छेउमा पर्ने घर धनीहरुले मुआब्जाको माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले तत्काल सडक विस्तारको काम रोक्न आदेश गरे पछि सडक विस्तार कार्य प्रभावित बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*