चितवनमा निगुराे टिप्न जाँदा बाघको आक्रमण परि एक महिला बेपत्ता

जनपत्र
२ असार २०७९, बिहीबार १३:१६

चितवन – निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक महिला बेपत्ता भएकी छिन् ।

भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो। स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उहाँलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य गरिरहेकाे छ ।

हराइरहेकी महिलाको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उहाँले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*