बाजुराको बुढीगंगा नगरपालिकामा चुनावको मिति घोषणा गर्न कांग्रेसको माग

जनपत्र
२ असार २०७९, बिहीबार ०७:११

नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा यहाँ ‘बुथ कब्जा’ भएको भन्दै निर्वाचन आयोगले पुनस् चुनाव गर्ने निर्णय गरेको थियो।

पुनस् चुनाव गर्ने भनेको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएको कांग्रेसले विज्ञप्ति निकालेर उल्लेख गरेको छ। कांग्रेस सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।

‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के होरु संशय उत्पन्न भएको छ,’ जिल्ला सभापति रावलले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ।

नेकपा एमालेको दबाबबीच निर्वाचन अधिकृत कार्यालयले चुनावको मिति घोषणा गर्न नसकेको आरोप पनि कांग्रेसको छ। बुधबार सर्वदलीय बैठक भए पनि निर्वाचनको मिति घोषणामा सहमति हुन सकेको थिएन। एमालेका नेताहरू बीचमै बैठक छाडेर गएका थिए।

एमालेले वैशाख ३० मै मतदान भएकोले उक्त मत गणना गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको थियो। कांग्रेसले भने बुढीगंगामा जनप्रतिनिधिविहीन हुँदा जनताले दुस्ख पाएकोले गम्भीर भएर पुनस् निर्वाचनको मिति तय गरिनुपर्ने माग गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*