बागमतीका थप ६० बिद्यालयमा नर्ष राखिने

जनपत्र
१ असार २०७९, बुधबार १७:०५

हेटौंडा । बागमती प्रदेशका थप ६० बिद्यालयमा एक बिद्यालय एक नर्ष कार्यक्रमलाई थप गर्ने गरी बागमती प्रदेश सरकारले बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि यो बजेट ल्याएको हो ।

बागमती प्रदेश सरकारले प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रम गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रमको लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वर्षलाई घुमफिर वर्ष घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पर्यटन विकास प्रवद्धन गर्ने उदेश्यले २०७९/८० लाई घुमिफिर वर्ष घोषणा गरिने बताए । उनले पर्यटन प्रवद्धनको लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरणका लागि १९ करोड रुपैंया बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक बर्ष ०७९/०८० बजे बजेटमा प्रतिष्ठानका लागि १९ करोड २ लाख ५६ हजार रुपैंया बजेट विनियोजन गरेको हो । विनियोजित बजेटले प्रतिष्ठानको अन्तरगतको अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाई शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधार समेत विस्तार गरिने उल्लेख छ ।
प्रदेश सरकारले हेटौंडा अस्पतालाई २ सय शैयाको अस्पताल बनाउने जनाएको छ । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको सहकार्यमा हेटौंडा अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा संचालन गरिने बजेटमा उल्लेख छ । यसका लागि ८ करोड रुपैंया विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*