तनहुँकाे चुँदीखोलामा आएकाे बाढीले पुलमा क्षति, यातायात अवरुद्ध
तनहुँ – गएराति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।
बाढीले पुलमा क्षति पुर्याएपछि चार पाङ्ग्रे गाडीकाे आवतजावत बन्द भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।
बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुलको पर्खाल मर्मतका लागि नगरका मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।
गएकाे जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।